कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु

सफल खबर संवाददाता

बुधबार, ०४ फागुन २०७८, ११ : ५९
कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु

काठमाडौं । संघीय संसद अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको एजेन्डा तय गर्न कार्यव्यवस्था समितिको बैठक बसेको हो । 

सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा बसेको बैठकमा प्रतिनिधिसभाको बैठकको एजेन्डा तय गर्नेसँगै संसदमा देखिएको गतिरोध अन्त्यका विषयमा पनि छलफल हुनेछ । 

प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी अनुमोदन प्रस्ताव पेस गरिने भएपछि दलहरू विभाजित भएका छन् । एमसीसी प्रस्ताव पेस गरिए सरकारबाट बाहिरिने र गठबन्धन तोड्ने निर्णय गरिसकेको छ ।