काठमाडौँ । सत्तारूढ पाँच दलीय गठबन्धन फुट्ने संकेत देखिएको छ ।आगामी दिनमा हुने तीनै तहको निर्वाचनमा पाँच दलीय गठबन्धन कायम राख्ने सहमति भए पनि अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयलाई लिएर पाँच दलीय गठबन्धन फुट्ने देखिएको हो ।
एमसीसी सम्झौतालाई लिएर गठबन्धनमा रहेका पाँचवटै दल अप्ठयारो अवस्थामा छन् । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको शीर्ष नेताबीच पटकपटक छलफल भए पनि कुनै सहमति हुन सकेको छैन ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी संसदबाट पारित गर्नुपर्ने पक्षमा उभिदै आएका छन् । पाँच दलीय गठबन्धनको बैठकका साथै प्रमुख प्रतिपक्षी एमालेसँग समेत उनी एमसीसी पारित गर्नुपर्ने विषयमा दोहोरो छलफल गर्दै आएका छन् ।
सरकारका प्रवक्ता एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की एमसीसी संसदबाट पारित गर्ने विषयमा छलफल भइरहेको बताउँछन् । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०१ फागुन २०७८, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी
कोशी प्रदेश : सभामुखलाई राजीनामा गराएरै भएपनि नेतृत्व लिने गठबन्धनको तयारी
कोशीमा कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय
गठबन्धनमा देखिएको विमतिलाई अन्त्य गरेर बजेट पास गर्ने बालुवाटारमा सहमति
सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा बस्दै
सत्तारुढ गठबन्धन दलको बैठक बस्दै