फागुन १ गतेदेखि खुल्ने भए फिल्म हल

सफल खबर संवाददाता

मंगलबार, २५ माघ २०७८, २० : २९
फागुन १ गतेदेखि खुल्ने भए फिल्म हल

काठमाडौँ । कोभिड महामारी जोखिमका कारण बन्द गरिएका फिल्म हल फागुन १ गतेदेखि खुल्ने भएका छन् । हल बन्द हुँदा रोकिएका पुराना फिल्म प्रदर्शन गर्दै हल खुलाइने भएको हो ।

‘काठमाडौंका सीडीओको निर्णय अनुसार नै हल खोल्ने तयारी थालेका छौं । अब अहिलेसम्म नयाँ मितिका कुनै फिल्मको प्रदर्शन तय भइसकेको छैन । पहिले त प्रदर्शन रोकिएका फिल्म चलाउँछौं’ क्यूएफएक्सका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले बताए । हल संचालकहरू हिन्दी फिल्म ‘पुष्पा’ नेपाली फिल्म ‘चपलीहाइट ३’ लगायतका फिल्म प्रदर्शन गर्दै हल खोल्ने तयारीमा जुटेका छन् । हल खुल्ने निर्णयसँगै अब फिल्म प्रदर्शन गर्ने कुराले फिल्मकर्मी हौसिएका छन् ।

प्रतिक्रिया दिनुहोस