मनकामना मन्दिरमा फागुन १ गतेदेखि नियमित पूजा हुने

सफल खबर संवाददाता

मंगलबार, २५ माघ २०७८, १९ : ४५
मनकामना मन्दिरमा फागुन १ गतेदेखि नियमित पूजा हुने

गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले कोरोनाका कारण जारी स्मार्ट लकडाउन थप खुकुलो पारेसँगै मनकामना मन्दिरको नियमित पूजा हुने भएको छ । 

जिल्ला प्रशासन कार्यालय गोरखाले मंगलबार एक सूचना जारी गर्दै फागुन १ गते देखि मठ, मन्दिर, मस्जिद, गुम्वा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी एक पटकमा ५० जना भन्दा बढी नहुने गरी पूजा गर्न छुट दिएको छ । 

जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिंड १९ को लक्षण देखिएमा अनिवार्य रूपमा पाँच दिन क्वारेन्टिनमा बस्ने र ५ दिन पछि कोभिड १९ परिक्षण गरी रिपोर्ट नेगेटिभ आएमा मात्र काममा आउने प्रशासनल भनेको छ ।  सार्वजनिक तथा निजी सेवा प्रदायकले सम्भव भएसम्म विद्युतीय प्रणालीमार्फत सेवा प्रदान गर्ने व्यवस्था मिलाउनुपर्ने प्रशसनले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस