निर्वाचन आचारसंहिता लाग्नु पहिलेनै भूमिहीनले लालपुर्जा पाइसक्छन् : मेयर दाहाल

सफल खबर संवाददाता

मंगलबार, २५ माघ २०७८, १६ : ५८
निर्वाचन आचारसंहिता लाग्नु पहिलेनै भूमिहीनले लालपुर्जा पाइसक्छन् : मेयर दाहाल

चितवन । भरतपुर महानगर प्रमुख रेनु दाहालले निर्वाचन आचारसंहिता लाग्नु अघिनै भूमिहीनले लालपुर्जा पाइसक्ने बताएकी छन् । भरतपुर महानगर सहित चितवनका ३ स्थानीय तहमा अहिले भुमिहनलाई लालपुर्जा बितरण गर्ने गरी निस्सा बितरण र नापीको काम सुरु भएकाले निस्सा बितरण भएको ३५ दिन भित्र रातो पुर्जा बितरण गर्ने गरी आयोगले धमाधम काम गरेको बताउँदै दाहालले स्थानिय तह निर्वाचन आचार संहिता लाग्नु पुर्वनै भुमिहिनलाई लालपुर्जा बितरण गरिसक्ने दाबी गरिन् ।

भरतपुर महानगर ११ गणेशथानमा नेकपा माओवादी केन्द्रद्धाराद्वारा आयोजित पार्टी प्रवेश एवं पद हस्तान्तरण कार्यक्रमम बोल्दै मेयर दाहालले बिगतमा निर्वाचनका बेला जनतामा गरेको वाचा आगामी निर्वाचन अगाडीनै पुरा गर्ने गरी आफुहरु भुमिहिनलाई जग्गाका मालिक बनाउने अभियानमा केन्द्रित भएको बताईन् ।

बिगतमा धेरै आयोग बनेपनि भुमिहिनको पक्षमा काम गर्ने आयोग नबनेकाले समस्या भएको र अहिले माओवादी केन्द्रको जोड बलमानै भुमिहनिलाई जग्गाको मालिक बनाउन लागिएको दाबि गरिन्  ।

मेयर दाहालले आफु निर्वाचन जितेर आएपछि महानगरको विकासमा धेरै फड्को मारेको दाबी समेत गरिन् । कार्यक्रममा नेकपा एमाले, नेपाली काग्रेस, राप्रपा, बैद्य माओवादी लगायतका पाटीै परित्याग गरि ३२२ जना माओबादी केन्द्रमा प्रवेश गरेका थिए ।
 

प्रतिक्रिया दिनुहोस