कोरोना अपडेट : थप १ हजार ९५७ जनामा संक्रमण पुष्टि, ११ जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, २५ माघ २०७८, १६ : २९
कोरोना अपडेट : थप १ हजार ९५७ जनामा संक्रमण पुष्टि, ११ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९५७ जनामा कोरोनाभाइरस संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १८४ र ४ हजार १०५ जनाको एन्टीजेन परीक्षण गर्दा ७७३ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयले आज ५ हजार१०३ जना डिस्चार्ज भएको जनाएको छ । यस्तै आज थप ११ जनाको मृत्यु भएको छ । देशभरी अहिले ३६ हजार १८१ जना कोरोनाभाइरसका सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस