काठमाडौं । वर्तमान शासन प्रणालीबमोजिम संघ, प्रदेश र स्थानीय तहमा आउनसक्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौतीको सामना गर्न प्रभावकारी राष्ट्रिय सुरक्षा प्रणालीको विकास गर्न गृह मन्त्रालयले गृह प्रशासन सुधार योजना २०७८ सार्वजनिक गरेको छ ।
मन्त्रालयले सुरक्षा निकायलाई एकीकृत ढंगले सञ्चालन गर्न तीनवटै सुरक्षा निकायलाई प्रविधि अनुकूल बनाउने योजना अघि सारेको छ । मन्त्रालयले सार्वजनिक गरेको सुधार योजनामा नेपालको संविधान २०७२ को धारा ५१ ९क० बमोजिम राष्ट्रिय एकता तथा राष्ट्रिय सुरक्षासम्वन्धी नीतिलाई सम्बोधन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिवद्धताहरू, गृह प्रशासनसम्वद्ध ऐन, नियम र कानुनलाई परिमार्जित गर्दै लैजाने उल्लेख गरिएको छ ।
गृह प्रशासनलाई सक्षम, सबल र साधन सम्पन्न बनाएर नागरिकमा शान्ति सुरक्षाको प्रत्याभूति तथा सरकारप्रतिको विश्वासको अनुभूति दिलाउँदै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन कार्यजोजना ल्याइएको मन्त्रालयले दाबी गरेको छ । गृह प्रशासनका आगामी क्रियाकलाप थप अनुमानयोग्य र योजनाबद्ध बनाउँदै लैजान गृह प्रशासन सुधार कार्ययोजना जारी गरिएको पनि मन्त्रालयले जनाएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २५ माघ २०७८, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृह मन्त्रालयले ओली र दाहालका मापदण्ड विपरीतका सुरक्षाकर्मी फिर्ता बोलायो
अध्यागमन र भिजिट भिसा प्रकरणको प्रतिवेदन गृह मन्त्रालयमा पठाउने निर्णय
विरोधका कार्यक्रम शान्तिपूर्ण ढङ्गबाट गर्न गृह मन्त्रालयको आग्रह
फरार अभियुक्त पक्राउ गर्न गृह मन्त्रालयले बढायो सक्रियता
कर्मचारीलाई कडा निर्देशनः २४ घण्टाभित्र हाजिर नभए कारबाही (सूची)
स्पेन प्रकरण छानबिनका लागि गृह मन्त्रालयमा उच्चस्तरीय बैठक