काठमाडौं । वर्तमान शासन प्रणालीबमोजिम संघ, प्रदेश र स्थानीय तहमा आउनसक्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौतीको सामना गर्न प्रभावकारी राष्ट्रिय सुरक्षा प्रणालीको विकास गर्न गृह मन्त्रालयले गृह प्रशासन सुधार योजना २०७८ सार्वजनिक गरेको छ ।
मन्त्रालयले सुरक्षा निकायलाई एकीकृत ढंगले सञ्चालन गर्न तीनवटै सुरक्षा निकायलाई प्रविधि अनुकूल बनाउने योजना अघि सारेको छ । मन्त्रालयले सार्वजनिक गरेको सुधार योजनामा नेपालको संविधान २०७२ को धारा ५१ ९क० बमोजिम राष्ट्रिय एकता तथा राष्ट्रिय सुरक्षासम्वन्धी नीतिलाई सम्बोधन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिवद्धताहरू, गृह प्रशासनसम्वद्ध ऐन, नियम र कानुनलाई परिमार्जित गर्दै लैजाने उल्लेख गरिएको छ ।
गृह प्रशासनलाई सक्षम, सबल र साधन सम्पन्न बनाएर नागरिकमा शान्ति सुरक्षाको प्रत्याभूति तथा सरकारप्रतिको विश्वासको अनुभूति दिलाउँदै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन कार्यजोजना ल्याइएको मन्त्रालयले दाबी गरेको छ । गृह प्रशासनका आगामी क्रियाकलाप थप अनुमानयोग्य र योजनाबद्ध बनाउँदै लैजान गृह प्रशासन सुधार कार्ययोजना जारी गरिएको पनि मन्त्रालयले जनाएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २५ माघ २०७८, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृह मन्त्रालयद्वारा हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाबारे छानबिन टोली गठन
सि चिनफिङको पुस्तक जलाउने घटनामा छानबिन गरी दोषीमाथि कारवाही गर्न गृहको निर्देशन
इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय
गृह मन्त्रालयको नियन्त्रण कक्षबाट देशभरको निर्वाचन सुरक्षा गतिविधि अनुगमन
निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय
विवादमा तानिँदै घन्टी पार्टी, वालेन्द्र साहको नागरिकता विवरणबारे छानबिन गर्न गृह मन्त्रालयमा उजुरी