कोरोना अपडेट : थप १ हजार ५७० जनामा संक्रमण पुष्टि , १३ जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, २४ माघ २०७८, १७ : १९
कोरोना अपडेट : थप १ हजार ५७० जनामा संक्रमण पुष्टि , १३ जनाको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ भने १ हजार ५७० जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ३६५ नमुना परीक्षण गरिएको थियो । ७ हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २२ र तीन हजार ४९१ जनाको एन्टीजेन परीक्षण गर्दा ५४८ गरी एक हजार ५७० जनामा संक्रमण पुष्टि भएको छ ।