क्यानडामा ट्रक चालकहरुको प्रदर्शनः ओटावामा आपतकाल घोषणा

एजेन्सी

सोमबार, २४ माघ २०७८, १० : ४७
क्यानडामा ट्रक चालकहरुको प्रदर्शनः ओटावामा आपतकाल घोषणा

एजेन्सी । कोभिड खोपविरुद्ध सरकारले ल्याएको प्रावधानको विरोधमा विगत एक सातादेखि प्रदर्शनमा उत्रिएका ट्रक चालकहरुको आन्दोलन अराजक बन्दै गएपछि राजधानी ओटावामा आपतकाल घोषणा गरिएको छ । सहर ‘पूर्ण रुपमा नियन्त्रणबाहिर’ गएको भन्दै ओटावाका मेयर जीम वाटसनले आपतकाल घोषणा गरेका हुन् । 

प्रदर्शनकारीहरूले ‘असंवेदनशील व्यवहार’ गरेको मेयर वाटसनले बताए । प्रदर्शनकारीले बारम्बारसाइरन बजाएको र पटाका पड्काएको उनको भनाई छ । प्रदर्शनकारीका कारण राजधानीका वासिन्दाको सुरक्षामा खतरा बढेको पनि उनले बताए । ट्रक चालकहरुले एक सातादेखि टेन्ट र गाडीहरू राखेर अवरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस