औषधिजन्य रुख बन्यो दाउरा

पत्रपत्रिकाबाट

सोमबार, २४ माघ २०७८, ०८ : ०२
औषधिजन्य रुख बन्यो दाउरा

file pic

काठमाडौं । रौतहटमा  धार्मिक  अनुष्ठान  र  औषधि  निर्माणमा  प्रयोग  हुने  रुख  दाउरामा  प्रयोग  भइरहेका  छन्  ।  धार्मिक  अनुष्ठान  र  औषधि  निर्माणमा  प्रयोग  हुने  पीपल,  बरगज,  पाकडलगायतका   रुख   दाउरामा   प्रयोग   हुन   थालेपछि अहिले भेट्न मुस्किल भएको छ । 

इँटा    उद्योग    सञ्चालकले    सार्वजनिक    तथा  निजी  जग्गामा  रहेका  यी  रुख  खरिद  गरी  इँटा  भट्टामा  प्रयोग  गर्न  थालेको  छ  ।  यसले आदिकालदेखि धार्मिक सहिष्णुता, आस्थाका प्रतीक मानिने  एवं  पूजापाठ,  हवन  तथा  औषधि  निर्माणमा  प्रयोग  हुने  यी  रुख  अहिले गाउँघरमा  भेट्न  कठिन  भएको  छ  ।  पीपलको  रुखमा  प्रत्येक  शनिबार  जल  चढाउनाले  शनि  ग्रहबाट  मुक्ति  पाउनुको  साथै  सुखमय जीवन  तथा  धन  आयु  प्राप्त  हुने  पुरोहित  पवन  मिश्रले बताए ।

 उनले  पूजापाठ  तथा  हवन  आदिमा  पीपल,  बरगज,  पाकडलगायतका  पञ्चपल्लवमा  प्रयोग  हुने  गरेको  बताउँदै  अहिले  कतिपय ठाउँमा यी जातका काठहरूको अभाव हुने गरेको बताए । धार्मिक अनुष्ठानमा प्रयोग हुनुको साथै यी जातका  रुखका  हाँगा,  छाला,  रसबाट  विभिन्न  किसिमका   आयुर्वेदिक   औषधि   निर्माण   हुने   गरेको तथा ती औषधि प्रयोग गर्नाले विभिन्न रोग निको  हुने  गरेको  वैद्य  पवन  झाले बताए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस