काठमाडौं । शनिबारदेखि मौसममा सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशमा जारी पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव शनिबारदेखि क्रमशः कमजोर हँदै जाने भएको हो ।
शुक्रबार बिहानैदेखि परेको वर्षाका कारण देशका हिमाली र उच्च पहाडी भेगमा बाक्लो हिमपात हुँदा जनजीवन प्रभावित बनेको छ । महाशाखाका अनुसार शनिबार दिउँसो प्रदेश नं १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ ।
अन्य प्रदेशमा आंशिक वदली रहनेछ। यस्तै प्रदेश नं १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
यस्तै पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत छ । रति भने देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २२ माघ २०७८, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : तराईका अधिकांश स्थानमा कुहिरो
आजको मौसम : तराईका धेरै स्थानहरूमा हुस्सु
तराईमा हुस्सु–कुहिरो र शीतलहरको चेतावनी, सतर्कता अपनाउन आग्रह
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : तराईमा हुस्सु र कुहिरोको प्रभाव कायमै