कोरोना अपडेट: थप २ हजार ५२६ जनामा संक्रमण पुष्टि, १६ जनाको मृत्‍यु

सफल खबर संवाददाता

शुक्रबार, २१ माघ २०७८, १५ : ३५
कोरोना अपडेट: थप २ हजार ५२६ जनामा संक्रमण पुष्टि, १६ जनाको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६५५ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६०२ जना र ४ हजार ४१८ जनाको एन्टीजेन परीक्षण गर्दा ९२४ जना गरी २ हजार ५२६ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै, आज थप ८ हजार ४२५ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणबाट थप १६ जनाको मृत्‍यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ७९४ छ ।