काठमाडौं । सरकारले बुधबार दिउँसो केन्द्रीय सुरक्षा समितिको बैठक राखेर निर्वाचन केन्द्रित सुरक्षा योजना बनाउन सुरक्षा अंगलाई निर्देशन दिएको छ। एमालेले सचिवालय बैठक राखेर निर्वाचन केन्द्रित भएर जनपरिचालन गर्ने निर्णय गरेको छ।
स्थानीय तहको निर्वाचन मिति घोषणाको तयारी भएसँगै सरकारले सुरक्षा व्यवस्थामा केन्द्रित भई तयारी अघि बढाएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि चुनावलाई लक्षित गरी जनपरिचालनको गृहकार्य गरेको छ। सरकार र प्रमुख प्रतिपक्षी दलका गतिविधिबाट मुलुकमा निर्वाचनको वातावरण बन्न लागेको संकेत मिलेको छ।
सरकारले बुधबार दिउँसो केन्द्रीय सुरक्षा समितिको बैठक राखेर निर्वाचन केन्द्रित सुरक्षा योजना बनाउन सुरक्षा अंगलाई निर्देशन दिएको छ। एमालेले सचिवालय बैठक राखेर निर्वाचन केन्द्रित भएर जनपरिचालन गर्ने निर्णय गरेको छ। बुधबार बसेको एमाले सचिवालय बैठकले स्थानीय निर्वाचनमा केन्द्रित भई केन्द्रीय र प्रदेशस्तरमा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने, युवा, विद्यार्थी, महिला र किसानबाहेकका जनसंगठनका अधिवेशन तोकिएकै मितिमा गर्ने निर्णय गर्दै निर्वाचन केन्द्रित हुने निर्णय गरेको हो।
संविधानबमोजिम तोकिएकै समयमा निर्वाचन गर्नुपर्ने माग गर्दै आएको एमालेले देशभर कार्यकर्ता परिचालन गर्ने निर्णय गरेको उपमहासचिव पृथ्वी सुब्बा गुरुङले बताए। उनका अनुसार देशभरको पार्टी संगठन चुस्तदुरुस्त राख्दै विभिन्न कार्यक्रम अघि सार्ने निर्णय भएको छ। ‘हामी एक्लै यो गठबन्धनका विरुद्ध निर्वाचनमा भाग लिन्छौं’, गुरुङले भने, ‘हामीले जेजति काम गरेका छौं त्यसको आधारमा रणनीति बनाउनेछौं र निर्वाचनमा सहभागी हुनेछौं।’नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २० माघ २०७८, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश
निर्वाचनमा बालअधिकार उल्लंघन : अध्ययनले देखायो ३५० घटना
प्रत्यक्षतर्फ चार निर्वाचन क्षेत्रको मतपरिणाम आउन बाँकी, कहाँ को अगाडि ?
धनुषा-१ को निर्वाचन परिणाम घोषणा नगर्न आयोगको पत्र
७० स्थानमा रास्वपा अगाडि
जेनजी आन्दोलनपछिको प्रतिनिधि सभा निर्वाचन आज