सत्यम स्कुल ‘ब्रिटिश कलेज’को व्यवस्थापनमा

सफल खबर संवाददाता

मंगलबार, १८ माघ २०७८, १५ : ०५
सत्यम स्कुल ‘ब्रिटिश कलेज’को व्यवस्थापनमा

चितवन । चितवन भरतपुरस्थित सत्यम जेभियर्स इङ्ग्लिस बोर्डिङ स्कुलको व्यवस्थापन ब्रिटिस कलेज (टीबीसी) ले गर्ने भएको छ ।

दक्षिण नेपालको शैक्षिक संस्थाहरु गुणस्तरीय बनाउनको लागि सत्यम स्कुलले व्यवस्थापनको जिम्मा ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको टीबीसीलाई प्रदान गरेको कलेजले बताएको छ । अब सत्यम स्कूलबाट विश्वस्तरिय शिक्षा प्रदान गर्नको लागि अत्याधुनिक भौतिक सुविधाहरुसँगै बेलायका अनुभव प्राप्त फ्याकल्टीहरूको प्रत्यक्ष निगरानी रहने भएको छ ।


 व्यवस्थापनसँगै स्कुल ब्रिटिस एजुकेशन ग्रुपको एक हिस्सा बन्नेछ । यो ग्रुपले काठमाडौँ, लण्डन तथा दुबईमा कलेजहरु सञ्चालन गर्दै आइरहेको छ ।

साथै, नेपालका पनि विभिन्न क्षेत्रहरुमा रहेका स्कुलहरुको व्यवस्थापन गर्न थालेको छ । त्यसैगरी, पोखरामा छिट्टै स्कुल खोल्ने अवस्थामा रहेको छ । ६ महिना अघि लुम्बिनी प्रदेशमा नमस्ते ऐकेडेमी रुपन्देही पनि यो ग्रुपले काम गर्न सुरु गरिरसकेको छ । नमस्ते पछि सत्यमको व्यवस्थापन गर्न लागेको हो । 

प्रतिक्रिया दिनुहोस