काठमाडौं । सरकारले जेठमा स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेसँगै राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा तालिका एक साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
परीक्षा तालिका सार्वजनिक गर्ने तयारीसँगै ६३ जिल्लाबाट परीक्षा केन्द्र कायम भएर पत्र आएको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले जनाएको छ । बाँकी १५ जिल्लाले केही दिनभित्रै केन्द्र तोकेर पठाउने तयारी गरेको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बताए । केन्द्रको संख्या गत वर्षभन्दा नबढ्ने गरी कायम गर्न सबै जिल्ला शिक्षा समन्वय ईकाईलाई निर्देशन दिइएको जानकारी दिँदै परीक्षा नियन्त्रक रायमाझीले भने– ‘काठमाडौंसहित केही जिल्लाले केन्द्रको नाम पठाएपछि अन्य पक्रिया शुरू गर्नेछौं ।’
बोर्डले होम सेन्टर गरी परीक्षा गर्ने निर्णय गरे पनि परीक्षा केन्द्रका निरीक्षक हेरफेर गरिने जानकारी दिँदै उनले भने– ‘कोभिड–१९ संक्रमण नियन्त्रणमा नआउँदै परीक्षा लिनुपरे विद्यालयमै परीक्षा केन्द्र राख्ने र नियन्त्रणमा आए केन्द्र कायम गरी परीक्षा लिने गरी व्यवस्थापन गर्न लागेका छौं ।’ नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १८ माघ २०७८, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसईईको फाराम खुला, मंसिर १६ सम्म म्याद
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण
एसईई ग्रेड वृद्धि परीक्षा तालिका सार्वजनिक
एसईईको मौका परीक्षा २९ साउनदेखि
एसईई नतिजा सकेसम्म आजै प्रकाशित हुन्छ : बोर्ड अध्यक्ष शर्मा
एसईई नतिजा प्रकाशनको तयारीमा बोर्ड, बोलाइयो बैठक