‘चैत मसान्तभित्रै मेलम्चीको पानी उपत्यकामा’

पत्रपत्रिकाबाट

सोमबार, १७ माघ २०७८, ०८ : ०१
‘चैत मसान्तभित्रै मेलम्चीको पानी उपत्यकामा’

काठमाडौं । सरकारले मेलम्चीको पानी अस्थायी संरचना तयार पारेर आगामी चैत मसान्तभित्रै ल्याउने उद्घोष गरेको छ। खानेपानीमन्त्री उमाकान्त चौधरीले अबको साढे दुई महिनाभित्रै मेलम्ची पानी अस्थायी रूपमा उपत्यका ल्याउने उद्घोष गरेका हुन्।

‘बाढी–पहिरोले क्षतिग्रस्त मेलम्चीमा अस्थायी संरचना तयार पारेर चैत मसान्तभित्रै उपत्यकामा पानी ल्याउनेछौं,’ उनले भने, ‘बाढी–पहिरोले क्षतिग्रस्त मेलम्ची आयोजनाको अस्थायी संरचना निर्माणको लागि ठेकेदार कम्पनी सिनो हाइड्रोसँग सम्झौता भइसकेको छ। त्यसैले पनि आगामी चैतभित्रै मेलम्चीको पानी अस्थायी रूपमा भए पनि उपत्यका ल्याएर छाड्ने योजना छ।’

मन्त्री चौधरीले भेरिएसनमार्फत आयोजनाको हेडवक्र्स क्षेत्रमा थुप्रिएको २० मिटर उचाइको गेग्य्रान हटाउने तथा मर्मतसम्भारको काम सुरु भइसकेको बताए। सरकारले भ्याटसहित ३६ करोड ४५ लाख ३३ हजार लागतमा मेलम्चीको गेग्य्रान हटाउने काम सिनो हाइड्रोमार्फत गराउन लागेको हो।

अहिले भेरिएसन स्वीकृत भएर ठेकेदार कम्पनी साइटमा खटिसकेको छ। मन्त्री चौधरीले सरकारले राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत मेलम्चीलाई उच्च प्राथमिकतामा राखेर काम गर्दै आइरहेको दाबी गरे । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस