कोरोना अपडेट: थप ३ हजार ५४० जनामा संक्रमण पुष्टि, ३२ जनाको मृत्‍यु

सफल खबर संवाददाता

आइतबार, १६ माघ २०७८, १६ : ३३
कोरोना अपडेट: थप ३ हजार ५४० जनामा संक्रमण पुष्टि, ३२ जनाको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९९१० जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४९ जना र ३२३५ जनाको एन्टीजेन परीक्षण गर्दा ४९१ जना गरी ३५४० जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै, आज थप ६३५९ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज थप ३२ जनाको मृत्‍यु भएको छ ।