काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ ।
केही बेर अघि सुरु भएको बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव लगायत नेता सहभागी छन् ।
तर राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सहभागी छैनन् । निर्वाचन आयोगले वैशाखमै निर्वाचन गर्नेगरी मिति तोक्न पटकपटक राय दिँदा पनि सत्ता गठबन्धनमान सहमति नजुट्दा घोषणा हुन सकेको छैन ।
पछिल्लो पटक संविधानसँग बाझिएका कानुन संशोधनको दाबी गरेको गठबन्धनको बैठक बसेको हो । सत्ता गठबन्धनले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरी संविधानअनुसार बनाउने र त्यसैअनुसार स्थानीय, प्रदेश र प्रतिनिधि सभाको चुनाव पटक गर्ने गरी छलफल गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ माघ २०७८, १० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गठबन्धन कार्यदलको बैठक बालुवाटारमा
सरकारको नीति तथा कार्यक्रमको प्राथमिकता निर्धारण गर्न गठबन्धनले बनायो संयन्त्र
नयाँ सरकारप्रति जनतामा नयाँ आशाको सञ्चार भयो : झलनाथ खनाल
नयाँ गठबन्धनमा सामेल हुन लोसपा अध्यक्ष ठाकुरलाई प्रधानमन्त्रीको आग्रह
मन्त्रालय भागवण्डा गर्न ‘नयाँ’ गठबन्धनको बैठक आज
नयाँ गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै