काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई पक्षधर नेताहरूले तत्काल केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाउन अध्यक्ष उपेन्द्र यादवलाई दबाब दिएका छन्।
तत्काल बैठक नबोलाए दुर्घटना हुनसक्ने उनीहरूको चेतावनी छ। राष्ट्रियसभाको चुनाव सम्पन्न भइसकेको अवस्थामा अब तत्काल बैठक बोलाउनुबाहेक अर्को विकल्प नभएको उनीहरूको भनाइ छ। अध्यक्ष यादव भने तत्काल बैठक बोलाउने पक्षमा देखिएका छैनन्।
‘राष्ट्रियसभाको चुनाव सकिएलगत्तै बैठक बोलाउनुपर्छ भन्ने हाम्रो पहिलादेखिकै माग हो। चुनाव पनि सकिएको छ’, भट्टराई निकट नेता गंगानारायण श्रेष्ठले भने, ‘त्यसैले अध्यक्षज्यूले अब तुरुन्तै बैठक डाक्नुपर्छ।’ भट्टराईनिकट अर्का एक नेताले भने, ‘अध्यक्षज्यूले तत्काल बैठक बोलाउनुभएन भने पार्टीमा दुर्घटना हुन्छ। यो कुरा उहाँले बुझे हुन्छ।’ उनले आफ्नो नाम भने खुलाउन चाहेनन्।
भट्टराई पक्षधर नेताहरूले भट्टराईलाई कार्यकारी अधिकारसहित कार्यकारिणी समितिको अध्यक्ष तथा अशोक राईलाई संघीय परिषद्को अध्यक्ष बनाउन माग गरेका छन्। श्रेष्ठले भने, ‘हामी पार्टीमा सामूहिक र समावेशी नेतृत्व प्रणाली कायम होस् भन्ने चाहन्छौं।’
भट्टराई पक्षधर नेताहरूले भन्ने गरेको समावेशी नेतृत्व प्रणालीको अवधारणाअनुसार भट्टराई कार्यकारिणी समितिको पहिलो अध्यक्ष, उपेन्द्र यादव दोस्रो अध्यक्ष तथा संघीय परिषद्को अध्यक्षमा अशोक राईलाई मनोनयन गर्नुपर्छ भन्ने हो। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १५ माघ २०७८, ०८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालको सङ्घीयताले यहाँको विविधतालाई सम्बोधन गर्न सकेन : उपेन्द्र यादव
उपेन्द्र यादवको प्रश्नः दरबार हत्या काण्ड कसले गरायो ?
गौर नरसंहारबारे सर्वोच्चको फैसलामा उपेन्द्रको टिप्पणी: ‘यो राजनीतिक मामिला हो, अनुसन्धान गरे सहयोग गर्छु’
नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवबीच भेटवार्ता
भूमि विधेयक ल्याएर सरकारले सङ्घीयतामाथि प्रहार गर्यो : अध्यक्ष यादव
तराईलाई मरुभूमि बनाएर भूमिफियालाई जग्गा बाँड्ने गरी सरकारले भूमि विधेयक ल्याएको छ: उपेन्द्र यादव