कोरोना अपडेट : थप ८ हजार १७ जनामा संक्रमण पुष्टि, १५ जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, १३ माघ २०७८, १६ : २४
कोरोना अपडेट : थप ८ हजार १७ जनामा संक्रमण पुष्टि, १५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १५ हजार ७३६ र एन्टिजेन विधिबाट ६ हजार ७२ जनामा परिक्षण गर्दा ८ हजार १७ जनामा कोरोना संक्रमण देखिएको हो ।  

 यस्तै, आज थप ५ हजार २९२ जना कोरोना संक्रमण मुक्त भएका छन्  भने संक्रमणबाट १५ जनाको मृत्यु भएको जानकारी छ ।  नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६८७ छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९० हजार ५७६ रहेको छ ।

प्रतिक्रिया दिनुहोस