पोखरा । राष्ट्रियसभा निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा महिला कोटाबाट कमला पन्त विजयी भएकी छन् । उनले निकटतम प्रतिस्पर्धी लिला थनेतलाई ३६० मतभारको अन्तरले पराजित गरेकी हुन् ।
पन्त गठबन्धनकी उम्मेद्वार हुन् भने थनेत एमालेबाट उम्मेद्वार बनेकी हुन् । पन्तले तीन हजार ८४ मतभार पाउँदा थनेतले दुई ७२४ मतभार पाइन् । गठबन्धनबाट सात मत क्रस भएको छ । प्रदेश सांसदमध्ये दुई जना र स्थानीय तहका पाँच जनप्रतिनिधिको मत क्रस भएको हो । एकजना सांसदले भने मतपत्र खाली छाेडेका थिए ।
पन्तले प्रदेश सांसदबाट २९ मत पाइन् भने निकटतम प्रतिस्पर्धी लिला थनेतले पनि २९ मत पाइन् । स्थानीय तहतर्फ गठबन्धनकी उम्मेद्वार पन्तले ९४ मत पाएकी छिन् भने थनेतले ७४ मत पाइन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ माघ २०७८, १७ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभामा आजपनि बजेटमाथि छलफल, अर्थमन्त्री वाग्लेले जवाफ दिने
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभा कार्यसूचीमा प्रवेश नै नगरी स्थगित
दुई वटा विधेयक पारित गर्दै राष्ट्रिय सभा
आज राष्ट्रिय सभाको बैठक बस्दै