कोरोना अपडेट : थप ८ हजार ४५४ जनामा संक्रमण पुष्टि, ५ जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, १२ माघ २०७८, १६ : २९
कोरोना अपडेट : थप ८ हजार ४५४ जनामा  संक्रमण पुष्टि, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ४५४  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३ हजार ५४९ र एन्टिजेन विधिबाट ६ हजार ८१० जनामा परिक्षण गर्दा ८ हजार ४५४ जनामा कोरोना संक्रमण देखिएको हो ।  

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ३३ हजार ४५१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख २०  हजार ६३६ जना पुगेको छ।  

यस्तै, आज थप ४ हजार ४३३ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख ३१ हजार ७१२ जना पुगेको छ ।  पछिल्लो २४ घण्टामा संक्रमणबाट ५ जनाको मृत्यु भएको जानकारी छ ।  नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६७२ छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९० हजार ६७ रहेको छ ।

प्रतिक्रिया दिनुहोस