पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रदर्शन

सफल खबर संवाददाता

सोमबार, १० माघ २०७८, १४ : ५४
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रदर्शन

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रदर्शन गरेको छ । क्रान्तिकारीले त्रि–चन्द्र कलेज अगाडिको सडकमा टायर बालेर प्रदर्शन गरेको हो ।

त्रिचन्द्र इकाई कमिटीको आयोजनामा पेट्रोलियम पदार्थको मूल्यवृद्धि, भ्रष्टाचारको विरुद्धमा प्रदर्शन गरिएको आयोजकले बताएको छ । क्रान्तिकारी काठमाडौं जिल्ला इञ्चार्ज रविन केसीको नेतृत्वमा भएको आजको प्रदर्शनमा त्रिचन्द्र इकाई कमिटी अध्यक्ष वीरेन्द्र नेपालीलगायत मुश्किलले एक दर्जनको उपस्थिति रहेको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस