काठमाडौं । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकमध्ये २३ वटा बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा कुल २९ अर्ब ५९ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। आव २०७७-७८ को साउनदेखि पुससम्ममा २६ अर्ब ५० करोड ६१ लाख रुपैयाँ नाफा गरेका बैंकहरूले यो वर्षको सोही अवधिमा तीन अर्ब रुपैयाँ बढी नाफा आर्जन गरेका हुन्। गत वर्ष सोही अवधिको तुलनामा बैंकहरुको नाफा ११.६३ प्रतिशतले बढेको छ भने औसत नाफा २१.२४ प्रतिशतले बढेको छ।
यो वर्ष ग्लोबल आईएमई बैंक धेरै नाफा आर्जन गर्नेमध्ये अग्रणी बनेको छ। चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा सो बैंकले दुई अर्ब ६६ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.०४ प्रतिशत बढी हो। यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा एक अर्ब ४८ करोड ५६ लाख ४८ हजार रुपैयाँ छ। यसअघि नबिल र एनआईसी एसिया बैंक नाफामा अगाडि भएको भए पनि चालू आर्थिक वर्षको दोस्रो त्रैमास सम्मको विवरणअनुसार भने ग्लोबल आईएमई बैंक नाफामा पनि अगाडि देखिएको हो।
ग्लोबल आईएमई बैंकलाई पछ्याउँदै एनआईसी एसिया बैंक दोस्रो र नबिल बैंक तेस्रो स्थानमा परेको छ। दुई अर्ब रुपैयाँमाथि नाफा आर्जन गर्नेको सूचीमा पर्नेमध्ये पनि ग्लोबल, एनआईसी एसिया र नबिल बैंक रहेका छन्। एनआईसी एसिया बैंकले चालू आव २०७८÷७९ को दोस्रो त्रैमासको पुस मसान्तसम्ममा दुई अर्ब ४० करोड खुद नाफा आर्जन गरेको छ। जुन वार्षिक बिन्दुगत आधारमा १६.४७ प्रतिशतको वृद्धि हो। तेस्रो स्थानमा परेको नबिल बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा दुई अर्ब १८ करोड रुपैयाँ खुद नाफा कमाएको छ।
यो नाफा गत वर्षको भन्दा .२० प्रतिशत धेरै हो। एक अर्बमाथि नाफा आर्जन गर्ने बैंकहरूमा राष्ट्रिय वाणिज्य बैंक, प्राइम कमर्सियल, नेपाल इन्भेस्टमेन्ट, सिद्धार्थ बैंक, कृषि विकास बैंक, मेगा बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, स्ट्यान्डर्ड चार्टर्ड, सानिमा र माछापुच्छे« बैंक छन्। यस्तै एक अर्ब रुपैयाँ नाफा कटाउन नसक्ने बैंकहरूमा कुमारी, एनसीसी, एभरेस्ट, लक्ष्मी, नेपाल बङ्गलादेश, नेपाल एसबीआई, सेन्चुरी, बैंक अफ काठमाण्डू र सिभिल बैंक रहेका छन्।
अघिल्लो वर्षको तुलनामा यो वर्ष उच्च नाफा आर्जन गर्दै सिभिल बैंक सबैभन्दा अगाडि देखिएको छ। अघिल्लो वर्ष २० करोड २ लाख ४४ हजार रुपैयाँ नाफा आर्जन गरेको सो बैंकले यो वर्ष १४८.४६ प्रतिशतले बढाएर ५० करोड ४० लाख रुपैयाँ पु¥याएको छ। नेपाल बैंक, एनएमबी, हिमालयन र सनराइज बैंकले विवरण सार्वजनिक गरेका छैनन्, गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १० माघ २०७८, ०८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकहरुको निर्णय : आजदेखि मुद्दती निक्षेपको ब्याजदर झन् घट्यो
बैंकहरूको नाफा १.४ प्रतिशत मात्रै बढ्यो, कसको कति ?
बैंकहरूको नाफा ४.६ प्रतिशत घट्यो, कसले कमाए कति ?
सहकारी संस्थाले बैंकबाट ऋण लिन पाउने
बैंकले सस्तोमा जग्गा लिलाम गरेको विरोधमा आन्दोलन
११ वटा बैंकले गरे ब्याजदर समायोजन