निर्वाचन सार्ने कुरा गरेका छैनौँ : ज्ञानेन्द्र कार्की

सफल खबर संवाददाता

आइतबार, ०९ माघ २०७८, १९ : २४
निर्वाचन सार्ने कुरा गरेका छैनौँ : ज्ञानेन्द्र कार्की

काठमाडौँ । सरकारका प्रवक्ता समेत रहेका सुचना तथा सञ्चार मन्त्री तथा काँग्रेस नेता ज्ञानेन्द्र कार्कीले निर्वाचन सार्ने कुरा नगरेको बताएका छन् ।

आइतबार बालुवाटारमा कानुन व्यवसायीसँगको छलफलपछि मन्त्री कार्कीले सो कुरा बताएका हुन् । ‘संविधानको भावना र स्प्रिट अनुसार हामी चल्छौ । निर्वाचन सार्ने कुरा गरेका छैनौं ।

संविधान अनुसार तीनै तहको निर्वाचन हुन्छ, चाहे त्यो संघ, प्रदेश वा स्थानीय तहको निर्वाचन नै किन नहोस्’ मन्त्री कार्कीको भनाइ छ ।