समुदायस्तरमै कोरोना संक्रमण फैलिएको ठहर

पत्रपत्रिकाबाट

आइतबार, ०९ माघ २०७८, ०९ : ००
समुदायस्तरमै कोरोना संक्रमण फैलिएको ठहर

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिसकेको स्वास्थ्यकर्मीले ठहर गरेका छन्। पछिल्लो समय सङ्क्रमण दर ह्वात्तै बढेकाले तेस्रो लहरको कोरोना सङ्क्रमण समुदायमा फैलिसकेको उनीहरूले जिकिर गरेका हुन् । 

 एक साताअगाडि मात्रै भारतबाट फर्किनेमा सङ्क्रमण अत्यधिक थियो। अहिले समुदायस्तरमा सङ्क्रमण बढी देखापरेको छ। प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार माघ १ देखि ७ गतेसम्म प्रदेशभर दुई हजार ८७६ जना कोरोना सङ्क्रमित थपिएका छन्।

जसमध्ये एक हजार ८९७ जना समुदायस्तरकै हुन्। सोही अवधिमा भारतबाट फर्किएका एक हजार ८२ जनामा कोरोना पुष्टि भएको छ। अहिले भारतबाट फर्किनेभन्दा यतै रहेका व्यक्तिमा सङ्क्रमण बढी पुष्टि भएकाले कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा पुगेको जिकिर गरिएको खबर गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस