नेपाल जर्नी संस्थाले देवचुली ८ मुडाबासमा निर्माण गर्यो नमुना बिद्युतिय पुस्तकालय

पुस्तकालयको एन आर एन ए सल्लाहकार सोम सापकोटाले गरे उद्धघाटन

प्रकाश सिग्देल

शनिबार, ०८ माघ २०७८, १६ : ५५
नेपाल जर्नी संस्थाले देवचुली ८ मुडाबासमा निर्माण गर्यो नमुना बिद्युतिय पुस्तकालय

चितवन । नेपाल जर्नी संस्थाले नवलपुरको देवचुली नगरपालिका वडा नम्वर ८ मुडाबासमा नेपाल जर्नी सार्बजनिक पुस्तकालय निर्माण गरी सामुदायलाई हस्तान्तरण गरेको छ । स्थानिय जनचेतना युवा क्लबले उपलब्ध गराएको भवनमा संस्थाले ६ लाख लागतमा बिद्युतिय पुस्तकालय निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको संस्थाका अध्यक्ष प्रकाश सिग्देलले बताए ।

६ वटा कम्प्युटर, एउटा थ्रिईन वान प्रिन्टर, एउटा प्रोजेक्टर सहित ईन्टरनेटको ब्यवस्थापन पुस्तकालयमा गरिएको छ । जहाँ ३५ जना एकै पटक बसेर पढ्न मिल्ने गरी पुस्तकालय निर्माण भएको छ । यहाँ बिभिन्न प्रकारका पुस्तकहरु समेत राखिएको छ । भने बिभिन्न दार्शनिकको भनाईहरुलाई पुस्तकालयमा टास गरेर राखिएको छ । यो पुस्तकालयबाट त्यस क्षेत्रका आदिवासी जनजाती समुदायका बालबालिकाको शैक्षिक विकासमा ठुलो योगदान पुग्ने क्लबले अपेक्षा गरेको छ ।

नेपाल जर्नी संस्था अमेरिका र नेपालमा दर्ता भएको संस्था हो । अमेरिकामा चितवन निवासी वरिष्ठ समाजसेबी मौसमी श्रेष्ठ र बद्रि श्रेष्ठले स्थापना गरेका हुन । उनिहरुकै पहलमा यसले देशमा धेरै ठाउँमा पुस्तकालय निर्माणमा काम गरेको छ ।

पुस्तकालयको एन आर एन ए अन्तराष्ट्रिय परिषद्का सल्लाहकार सोम सापकोटाले उद्धघाटन गरे ।पुस्तकालय उद्धाघाटन गर्दै प्रमुख अतिथि सापकोटाले नेपालमा शिक्षा क्षेत्रको विकासका लागि नेपाल जर्नी संस्थाले गरेको काम बाट आफु धेरै प्रभावित भएको बताए ।

नेपाल जर्नीले निर्माण गरेको २ परियोजनामा आफुले प्रमुख अतिथिका रुपमा समाबेश भएर उद्धघाटन गर्न पाएको बताउदै उनले नेपाल जर्नीले जहाँ काम गरेको छ त्यहाँ नमुना काम भएको भन्दै यो पुस्तकालयको प्रभाबकारी रुपमा संचालन गर्न स्थानियहरुनै बढी अग्रसर बन्नु पर्ने बताए ।

कार्यक्रममा बोल्दै वडा नम्वर ८ का वडा अध्यक्ष चन्द्र बहादुर सिजालीले आफनो वडामा नेपाल जर्नी संस्थाले नमुना पुस्तकालय निमाृर्ण गरेर स्थानिय सरकार लाई समेत धेरै सहयोग गरेको बताए ।

त्यस्तै वडा नम्वर ९ का अध्यक्ष मेख बहादुर थापाले नेपाल जर्नीले निर्माण गरेको पुस्तकालय देख्दा आफु धेरै खुसी भएको बताए । आगामी दिनमा आफनो तर्फबाट नेपाल जर्निलाई परेको सहयोग गर्न आफु तयार रहेको बताए ।

कार्यक्रममा नवलपुर बार एसोसियसनका पुर्व सचिब जनक ढुगांनाले नेपाल जर्नी संस्थाको यो कार्यबाट आफु धेरै प्रभावित भएको बताउँदै यसले यो क्षेत्रका स्थानियको शैक्षिक विकासमा धेरै ठुलो योगदान दिने तर्क गरे ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै संस्थाका उपाध्यक्ष सुरज सेढाईले नेपाल जर्निले समाजमा नमुना काम गरेर देखाउँदै आएका्े बताए । आफुहरुले आगामी दिनमा पनि धेरै महत्वपुर्ण कामहरु गर्ने उनकोे भनाई थियो ।

कार्यक्रममा संस्थाका सचिब प्रमिला अधिकारी, कोषाध्यक्ष रसु पिया श्रेष्ठ,सदस्य ईन्दु घिमिरे, सल्लाकार गणेशलाल श्रेष्ठ लगाएत स्थानिय बासिन्दा र बिद्यार्थीहरुको सहभागिता रहेको थियो । संस्थाले भरतपुर महानगर वडा नम्वर ४ मा नेपालकै नमुना अपागंमैत्री पुस्तकालय निर्माण थालेको छ ।

यस अघि संस्थाले मकवानपुरको हेटौडा, स्यागंजाको हरिनासको जनजाग्रिति आधारभुत बिद्यालय ललही बुम्दी, चितवनको कान्दा, भरतपुर महानगरको रामेश्वर पुस्तकालयमा पुस्तकालय निर्माण गरिसकेको छ । जुन पुस्तकालय नमुना पुस्तकालयका रुपमा विकास भईराखेको संस्थाका अध्यक्ष सिग्देलले बताए । कार्यक्रम जनचेतना युवा क्लबका अध्यक्ष मक्ति लुगेंलीको अध्यक्षतामा सम्पन भएको हो । 

प्रतिक्रिया दिनुहोस