हेटौँडा । बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले श्वेतपत्र जारी गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा आज बसेको बैठकले प्रदेश सरकार गठन भएदेखि हालसम्मको समीक्षा गर्दै श्वेतपत्र जारी गर्न निर्णय गरेको हो ।
प्रदेश सरकारले हालसम्म गरेको कामको अनुभवसहित प्रगति, कमीकमजोरी र वर्तमान अवस्थालाई समेटेर श्वेतपत्र जारी गरिने सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए । श्वेतपत्र जारी गर्न आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलेको संयोजकत्वमा श्वेतपत्र लेखन समितिसमेत निर्माण गरिएको छ । मुख्यमन्त्री पाण्डेको संयोजकत्वमा उच्चस्तरीय अनुगमन समितिसमेत गठन गरिएको छ ।
मन्त्रीहरु नै संयोजक रहने गरी राजनीतिक, प्रशासन तथा विधेयक, आर्थिक सामाजिक तथा पूर्वाधार समिति वैठकले गठन गरेको पनि उहाँले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको कर्मचारी सङ्गठन संरचना र दरबन्दी स्वीकृत गरेको छ । प्रादेशिक संरचना निर्माण गर्न प्रदेशका प्रमुख सचिवको संयोजकत्वमा जग्गा पहिचान समिति गठन गरिएको छ । समितिलाई प्रतिवेदन बुझाउन सात दिनको समय सीमा दिइएको छ । बैठकले प्रदेशको वित्तीय सुशान जोखिम मूल्याङ्कन कार्यविधि, २०७८ समेत स्वीकृत गरेको छ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०६ माघ २०७८, २० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत
बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
यातायात क्षेत्र सुधार्न बागमती प्रदेशको निर्देशन: ६ महिनाभित्र थप ट्रायल सेन्टर खोल्न निर्देशन
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा