रक्सी खाएर स्थानीयसँग झगडा गरेका सेनाका मेजर बर्खास्त

पत्रपत्रिकाबाट

विहीबार, ०६ माघ २०७८, ०८ : १०
रक्सी खाएर स्थानीयसँग झगडा गरेका सेनाका मेजर बर्खास्त

काठमाडौं । कैलालीमा मादक पदार्थ सेवन गरेर स्थानीयसँग विवाद गरेका नेपाली सेनाका सेनानी (मेजर) अशोक शाही सैनिक सेवाबाट बर्खास्तीमा परेका छन् । 

सुदूरपश्चिम तालिम शिक्षालयमा कार्यरत उनलाई सैनिक आचारणविरुद्ध काम गरेको ठहर गर्दै सैनिक अदालतले सेवाबाट हटाउने फैसला गरेको हो । गत  कात्तिक २१ गते उनले मापसे गरी ब्यारेकबाट निस्किएर स्थानीय युवासँग झगडा गरेको खबर राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस