भिजिट भिसामा आउनेले युएईमा काम नपाउने

सफल खबर संवाददाता

बुधबार, ०५ माघ २०७८, २१ : १०
भिजिट भिसामा आउनेले युएईमा काम नपाउने

काठमाडौं । भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) मा आएका विदेशी नागरिकहरुले काम गर्न नपाइने भएको छ। 

अन्य देशबाट भिजिट भिसामा आएका विदेशी नागरिकहरुले काम गरेको भेटिएमा ३ महिना जेल र १० हजार दिराम अर्थात(३ लाख रुपैयाँ) जरिबाना हुने भएको छ।

दुबई पब्लिक प्रोसिक्युसनलाई उदृत गर्दै गल्फ न्युजका अनुसार यूएईमा विदेशी नागरिकहरुले बिना 'वर्क परमिट' काम गर्ने पाउने छैनन्। बिना ‘वर्क परमिट’ काम गर्नु यहाँको श्रम कानुनको गम्भीर उल्लंघन हो।

यदी कामको अनुमति नलिइ विदेशी नागरिकहरुले काम गरेको भेटिएमा ३ महिना जेल र १० हजार दिराम जरिवाना हुनेछ।यसबाहेक अदालतले देश निकालाको आदेश पनि दिन सक्छ ।

प्रतिक्रिया दिनुहोस