क्षितिजराज लोहनीले एप्पल कम्पनीभित्र खडा गरे नेपाली समूह

सफल खबर संवाददाता

बुधबार, ०५ माघ २०७८, १० : ३१
क्षितिजराज लोहनीले एप्पल कम्पनीभित्र खडा गरे नेपाली समूह

एजेन्सी । नेपालका क्षितिजराज लोहनीले आईफोनको नयाँ पुस्ताका लागि आईफोन डिजाइन गरेका छन्। लोहनी आईफोन टिमका इन्जिनियर हुन्। उनले ऐप्पलभित्र ‘नेपाली–एट–एप्पल’ समूह स्थापना गरेका छन्। समूहले एप्पलमा काम गर्ने ५० नेपालीलाई एकै ठाउँमा राखेको छ।

‘एप्पल विश्वकै पहिलो ३ खर्ब डलरको कम्पनी हो। एप्पलका उत्पादनमा नेपालीको पनि योगदान छ’, क्षितिज भन्छन्। आईफोन, आईप्याड, वाच, म्याप्स, म्याक जस्ता एप्पलका उत्पादनमा नेपालीको पनि योगदान रहेको उनी बताउँछन्।

‘व्यावसयिक करिअर विकासमा हामीले नियमित रुपले अन्य नेपालीहरुलाई सहयोग गर्छौं’, क्षितिज भन्छन्। नेपालीले एप्पलको अतिरिक्ति विश्वकै प्रतिष्ठित कम्पनीहरु गुगल, अमेजन, फेसबुक, गोल्डम्यान साच्स, सीएनएन इत्यादिमा महत्वपूर्ण योगदान दिँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस