विराटनगर कोरोनाको हटस्पट !

सफल खबर संवाददाता

मंगलबार, ०४ माघ २०७८, १९ : ४१
विराटनगर कोरोनाको हटस्पट !

विराटनगर । प्रदेश १ को राजधानी विराटनगर पछिल्लो समय कोरोनाको हटस्पट बन्दै गएको छ । दैनिक थपिने कुल सङ्क्रमित मध्ये करिब आधाको सङ्ख्यामा विराटनगरका नागरिक सङ्क्रमित हुन थालेको छन् ।

यो सँगै विराटनगर कोरोनाको हटस्पट बन्ने खतरा बढेको छ। मंगलबारमात्र प्रदेश भरी कुल एक हजार ७१ जनामा कोरोना सङ्क्रमित थपिएका छन् । मंगलबारको कुल परीक्षणमध्ये ५१ दशमलव ८८ प्रतिशतमा कोरोना पुष्टि भएको छ । 

एक हजार ५५७ जनाको पीसीआर परीक्षण गर्दा ९२१ र ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा १५० जनामा कोरोना सङ्क्रमण भएकोमा मोरङ जिल्लाका ४४८ रहेको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।परीक्षण गरिएका मध्ये प्रदेशको राजधानी रहेको विराटनगरका मात्र ३८६ जना रहेका छन् ।

यो तथ्याङ्कले मोरङ त्यसमा पनि विराटनगरमा कोरोनाको भयावह अवस्थाको सङ्केत गरेको छ । मंगलबार कुल परीक्षणको अनुपातमा प्रदेशमा ५१ दशमलव ८८ प्रतिशतमा कोरोना पुष्टि भएको छ । त्यसमा मोरङका ४५ प्रतिशत रहेका छन् भने विराटनगरका ४१ दशमलव ९१ प्रतिशतमा एकै दिन कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस