सरकारसँग ९० लाख खोप मौज्दात, अहिलेसम्म कतिले पाए ?

पत्रपत्रिकाबाट

सोमबार, ०३ माघ २०७८, ०८ : २७
सरकारसँग ९० लाख खोप मौज्दात, अहिलेसम्म कतिले पाए ?

काठमाडौं ।  नेपालमा  कोरोना  भाइरस  (कोभिड–१९)  विरुद्धको  झन्डै  ९०  लाख  डोज  खोप  मौज्दात रहेको छ । यद्यपि अझै ३९ प्रतिशत लक्षित वर्गका नागरिकले खोपको दोस्रो मात्रा लगाउन पाएका छैनन्  ।  स्वास्थ्य  तथा  जनसङ्ख्या  मन्त्रालयको  तथ्याङ्कअनुसार पहिलो खोप नै नलगाएका नागरिकको सङ्ख्या २० दशमलव ५ प्रतिशत रहेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। सङ्गीता मिश्राका अनुसार १८ वर्षमाथिका एक करोड ९९ लाख २२ हजार १६४ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ तर खोप सुरु भएपछि आइतबारसम्मको तथ्याङ्कअनुसार  देशभरि  दुई  करोड  ७९  लाख  ६५  हजार पाँच सय मात्रा खोप लगाइएको जनाइएको छ ।

मन्त्रालयका अनुसार लक्षित नागरिक समूहमध्ये खोपको एक मात्रा लगाउनेको सङ्ख्या एक करोड ५८ लाख ३७ हजार ६७१ रहेको छ । पूर्ण खोप लगाउनेको सङ्ख्या एक करोड २१ लाख २७ हजार ८२९ रहेको छ ।

पूर्ण मात्रा लगाउने ६० दशमलव ९ र एक मात्रा मात्रै लगाउनेको सङ्ख्या ७९ दशमलव ५ प्रतिशत हुन्छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले लक्षित वर्गका  सबै  नागरिकलाई  खोप  दिइने  बताए । गोरखापत्रमा खबर छ ।