काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको झन्डै ९० लाख डोज खोप मौज्दात रहेको छ । यद्यपि अझै ३९ प्रतिशत लक्षित वर्गका नागरिकले खोपको दोस्रो मात्रा लगाउन पाएका छैनन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार पहिलो खोप नै नलगाएका नागरिकको सङ्ख्या २० दशमलव ५ प्रतिशत रहेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। सङ्गीता मिश्राका अनुसार १८ वर्षमाथिका एक करोड ९९ लाख २२ हजार १६४ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ तर खोप सुरु भएपछि आइतबारसम्मको तथ्याङ्कअनुसार देशभरि दुई करोड ७९ लाख ६५ हजार पाँच सय मात्रा खोप लगाइएको जनाइएको छ ।
मन्त्रालयका अनुसार लक्षित नागरिक समूहमध्ये खोपको एक मात्रा लगाउनेको सङ्ख्या एक करोड ५८ लाख ३७ हजार ६७१ रहेको छ । पूर्ण खोप लगाउनेको सङ्ख्या एक करोड २१ लाख २७ हजार ८२९ रहेको छ ।
पूर्ण मात्रा लगाउने ६० दशमलव ९ र एक मात्रा मात्रै लगाउनेको सङ्ख्या ७९ दशमलव ५ प्रतिशत हुन्छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले लक्षित वर्गका सबै नागरिकलाई खोप दिइने बताए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०३ माघ २०७८, ०८ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कालीकोटको सबै पालिका पूर्णखोप सुनिश्चित घोषणा
चितवनमा चैत २५ गतेदेखि ‘जापनिज इन्सेफ्लाइटिस’ विरुद्धको खोप अभियान
बैतडीका २५ सय बढी किशोरीलाई एचपीभी खोप लगाइँदै
फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित
८ लाखले लगाए हैजाविरुद्ध खोप
दुई दिनमा १ लाखले लगाए हैजाविरुद्धको खोप