कोरोनाविरुद्धको बुस्टर डोज खोप काठमाडौँमा कहाँ-कहाँ ?

सफल खबर संवाददाता

सोमबार, ०३ माघ २०७८, ०७ : ४७
कोरोनाविरुद्धको बुस्टर डोज खोप काठमाडौँमा कहाँ-कहाँ ?

काठमाडौं । सरकारको निर्णयअनुसार कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाउन थालिएको छ । बुस्टर डोज पहिलो चरणमा अग्रपंक्तिमा खटिनेहरुका लागि उपलब्ध हुने स्वास्थ्य मन्त्रालयले छ । 

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार जिल्लाका १७ खोप केन्द्रबाट बुस्टर डोज लगाउन सकिने छ ।  काठमाडौंमा टेकु अस्पताल, प्रसुती गृह थापाथली, प्रहरी अस्पताल, आर्मी अस्पताल,  सशस्त्र प्रहरी अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, कीर्तीपुर अस्पताललगायत स्थानमा बुस्टर डोज लगाउन सकिने जनाइएको छ ।

बुस्टर डोज लगाउनका लागि यसअघि कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाएको कम्तिमा ६ महिना पूरा गरेको हुनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस