बतास समूहले प्रयोग गरेको पशुपति धर्मशाला निरीक्षण गर्न पुगे मन्त्री आले

सफल खबर संवाददाता

आइतबार, ०२ माघ २०७८, १२ : ३९
बतास समूहले प्रयोग गरेको पशुपति धर्मशाला निरीक्षण गर्न पुगे मन्त्री आले

काठमाडौं । संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमकुमार आलेले पशुपति क्षेत्रभित्र रहेको बतास समूहले भारतले अनुदानमा तीर्थालुका लागि बनाइदिएको धर्मशालामा होटेल चलाएकोलगायत अन्य ठाउँको निरीक्षण गरेका छन् । 

आइतबार बिहान ११ पशुपति क्षेत्र पुगेर मन्त्री आलेले निरीक्षण गरेका हुन् । उनले धर्मशालाका प्रत्येक काेठा काेठा पुगेर निरीक्षण गरेका छन् । पशुपतिकाे धर्मशाला प्राइम लाेकेसनमा रहेकाले बतास समूहले त्यसबाट राम्राे कमाइ गरेकाे देखिएकाे छ ।

बतास समूहले सेटिङका आधारमा सो धर्मशाला प्रयोग गरेको समाचार बाहिर आएको थियो ।

प्रतिक्रिया दिनुहोस