खोप धेरैले पाएनन्, केहीले लाएनन्

पत्रपत्रिकाबाट

आइतबार, ०२ माघ २०७८, ०७ : ५५
खोप धेरैले पाएनन्, केहीले लाएनन्

काठमाडौं । कोरोना भाइरसविरुद्ध राष्ट्रिय खोप अभियान सञ्चालन भएको एक वर्ष पुग्न लाग्यो। यो अवधिमा जनसंख्याको ३९.८ प्रतिशतले मात्र पूर्ण खोप लगाएका छन् ।

ठूलो हिस्साले खोप पाएका छैनन्। कतिपय नागरिकले पाएर पनि लगाएका छैनन्। कसैको पहुँच पुगेन । कतै भ्रममा परे त कतै जनचेतनाको कमी देखियो। खोप प्रतिविश्वास नभएर पनि नलगाएको भेटिएको छ। 

ओमिक्रोन भेरियन्ट फैलने त्रासबीच दैनिक संक्रमणदर बढ्दो छ। अस्पतालका शड्ढया संक्रमितले भरिन थालेका छन्। महामारीको पहिलो र दोस्रो लहर भोगेका नागरिकमा तेस्रो लहरबाट कसरी जोगिने भन्ने चिन्ता देखिन्छ।

कोरोनाबाट बच्ने उत्तम विकल्प भनेकै स्वास्थ्य मापदण्डको पालना र खोप देखिन्छ। यसै सन्दर्भमा खोप नपाएका र नलगाएकाहरू एक÷एक जनालाई जिल्लागत हिसाबले प्रश्न गरेको छ– ‘किन खोप लगाउनुभएन ?’ उनीहरूको प्रतिक्रिया हामीले यहाँ समावेश गरेका छौं।

- उँभो गोठतिर नै धेरै समय बस्नुपर्ने भएकाले खोप लगाउन नभ्याएको हो। अब चाहिँ अनिवार्य लगाउनुपर्छ भन्नुभाको छ। लगाउनु पर्ला। - फुटिक शेर्पा, मिक्वाखोला–५, पापुङ, ताप्लेजुङ

- डर लागेकाले चासो नदेखाएको हो। म स्वास्थ्य क्षेत्रमा काम गर्ने मान्छे हुँ। तर, सिरिन्जदेखि सारै डर लाग्छ। त्यसैले लगाइनँ। - झर्ना भण्डारी, फिदिम–२ साम्दिन, पाँचथर 

- बिरामी भएका कारण खोपबाट म बञ्चित भएँ। खोप लगाउने समयमा रुघाखोकी र ज्वरो आएको थियो। - साहिल गुरुङ, इलाम