चितवनका पत्रकारसगँ हास्दै विदा भए प्रमुख जिल्ला अधिकारी भट्ट

सुरेन कुँवर

विहीबार, २० बैशाख २०७५, १४ : ३५
चितवनका पत्रकारसगँ हास्दै विदा भए प्रमुख जिल्ला अधिकारी भट्ट

चितवन । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले चितवनका पत्रकारसगँ औपचारिक रुपमा विदा लिनु भएको छ । चितवनबाट भक्तपुर सरुवा हुनु भएका प्रमुख जिल्ला अधिकारीले बिहिबार भरतपुरमा पत्रकार महासघं चितवनले निकालेको विश्व प्रेस स्वतन्त्रता दिवसको प्रभातफेरी कार्यक्रमको समापनमा मन्त्वय दिदै चितवनबाट विदा लिनु भएको हो ।
प्रमुख जिल्ला अधिकारी भट्टले करिब डेढ बर्षको चितवन बँसाई उपलब्धी मूलक बनेको बताउनुभयो । उहाँले भन्नुभयो , “पत्रकारसगँ कुनै दिन नमिठो मन्नुपरेन । यसमा म असाध्यै खुसी छु ।”
भट्टले आफु चितवनबाट भक्तपुर जादै गरेपनि चितवनका पत्रकारसगँ टेलिफोन ,सामाजिक संजालबाट सधै जोडिने बताउनुभयो । मन्त्वयका क्रममा प्रमुख जिल्ला अधिकारी भट्टले चितवनमा आएर गरेका केहि महत्वपुर्ण कार्यका बारेमा जानकारी दिनुभयो ।


जिल्लामा रहदाँ स्थानिय ,प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सफलता पुर्वक सम्पन्न गरेको,सवारी दुर्घटनामा मृत्यु भएका परिवारलाई तत्कालै क्षतीपुर्तीको व्यवस्था ,नारायणगढ मुग्लिन सडक खण्डको निर्माण कार्यलाई छिटो र गुणस्तरीय बनाउन समन्वय गरेको लगाएका कार्यहरु गरेको जानकारी दिनुभयो । भट्टले जादाँ जादै थप्नुभयो ,मेरो कार्यकालमा रहेका कामहरुलाई निरन्तरता दिन पत्रकारहरुले सधैव सुझाव,सल्लहा र प्रतिक्रिया दिन अनुरोध गर्दछु । चिवतनबाट आफुले धेरै पाठ सिकेको उल्लेख गर्दै उहाँले यो क्षण आफ्नो लागि निकै महत्वपुर्ण र स्मरणयोग्य रहेको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस