नाेबेल मेडिकल कलेजका सञ्चालककाे पुत्ला दहन

सफल खबर संवाददाता

विहीबार, २९ पुस २०७८, १४ : ३८
नाेबेल मेडिकल कलेजका सञ्चालककाे पुत्ला दहन

काठमाडौं । अतिरिक्त शुल्क नतिर्ने अडानका साथ आन्दोलनमा उत्रिएका नोबेल मेडिकल कलेजका विद्यार्थीले बिहीबार कलेज सञ्चालक सुनिल शर्माको पुत्ला दहन गरेका छन् । दुई हप्ताभन्दा लामो समयदेखि आन्दोलनरत विद्यार्थीले मेडिकल कलेज परिसरमै सञ्चालक शर्माको पुत्ला दहन गरेका हुन् ।

विराटनगरको शुक्रबारे हाट चोकबाट सञ्चालक शर्माको पुत्लासहित नाराबाजी गर्दै मेडिकल कलेज पुगेका विद्यार्थीले कलेज परिसरमै पुगेर सञ्चालक शर्माको पुत्ला दहन गरेका हुन् ।

नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगरले अतिरिक्त शुल्क बुझाएमात्रै पढाइ सुरू गर्ने निर्णय गरेपछि दुई हप्तादेखि सो कलेजमा अध्ययनरत विद्यार्थी चरणबद्ध आन्दोलन उत्रिएका छन् ।

चिकित्सा शिक्षा संघर्ष समिति तथा केही विद्यार्थी संगठनले विद्यार्थीको आन्दोलनमा ऐक्यबद्धता जनाएपछि सो कलेजमा विद्यार्थीले दैनिकजसो आन्दोलनका कार्यक्रम गर्दै आएका छन् । शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क तिर्न कलेजले दबाब दिएपछि एमबीबीएस पढ्ने बिद्यार्थीहरु आन्दोलित हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस