चाँडाे दिइने बुस्टर डोजले रोग प्रतिरोधात्मक क्षमता घटाउँछः युरोपेली मेडिकल निकाय

सफल खबर संवाददाता

बुधबार, २८ पुस २०७८, १३ : ५७
चाँडाे दिइने बुस्टर डोजले रोग प्रतिरोधात्मक क्षमता घटाउँछः युरोपेली मेडिकल निकाय

सांकेतिक तस्वीर

काठमाडौं । कोभिडविरुद्ध दिइने बारम्बारको बुस्टर डोजले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर गर्ने युरोपेली युनियनअन्तर्गतको स्वास्थ्यसम्बन्धी एउटा नियामक निकायले चेतावनी दिएको छ । ‘हरेक चार महिना बारम्बार दिइने बुस्टर डोजले रोग प्रतिरोध प्रणालीलाई कमजोर बनाउँछ,’ युरोपेली मेडिकल निकायले भनेको छ । 

लामो समयको अन्तर पारेर बुस्टर डोज दिन पनि सो निकायले विभिन्न देशहरुलाई अनुरोध गरेको छ । ओमिक्रोनका कारण संक्रमितको संख्या बढेपछि विभिन्न देशहरुले दोस्रो बुस्टर डोज दिने तयारी गरिरहेकै बेला युरोपेली युनियनको सुझाव सार्वजनिक भएकाे हो ।

यसै महिनाको सुरुमा इजरायलले ६० वर्षमाथिका बृद्धबद्धालाई दोस्रो बुस्टर डोज दिने तयारी गरेको थियो । बेलायतले पनि कोभिडबाट रक्षा गर्ने भन्दै दोसो बुस्टर डोज दिने तयारी गरेको छ ।

अमेरिका, फ्रान्सलगायतका देशमा पनि दोस्रो बुस्टर डोजबारे आवाज बढेकाे छ । युराेपपछि अहिले अमेरिकामा संक्रमितकाे संख्या तीव्र बढेकाे छ । संक्रमित बढे पनि तत्काल प्रतिबन्धात्मक व्यवस्था भने लागू गरिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस