काठमाडौं । इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भएका उम्मेदवारमध्ये एक सय २५ जना इजरायलका लागि प्रस्थान गर्नेछन ।
वैदेशिक रोजगार विभागले इजरायल जानका लागि छनोट भएका मध्ये एक सय ४३ जनाको इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा एक सय २५ जना पहिलो चरणमा इजरायल प्रस्थान गर्ने भएका हुन्।
वैदेशिक रोजगार विभागका अनुुसार भिसा जारी भएकाहरू आउँदो माघ ५ गते इजरायल प्रस्थान गर्नुपर्ने भएकाले मङ्गलबार नै टिकट बुक गर्न आह्वान गरिएको छ। विभागका महानिर्देशक दीपक काफ्लेले इजरायलबाट रोजगार सम्झौता प्राप्त भएका उम्मेदवारको भिसा आउन सुुरु भइसकेको जानकारी दिए ।
उनले इजरायल जानका लागि छनोटमा परेका एक सय २५ जनालाई मङ्गलबार टिकट बुक गरेर अन्य प्रक्रिया सुरु गर्न आग्रह गरे । ‘फस्ट कम फस्ट सर्भिस’ आधारमा टिकट बुक गर्न नसक्नेका हकमा क्रमशः अर्को तीन÷चार दिनपछि अर्को उडानमार्फत जान पाउने पनि उनले जानकारी दिए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २८ पुस २०७८, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लेबननमा इजरायलको आक्रमण, मारिए हिजबुल्लाहका कमान्डर
इजरायलका प्रधानमन्त्री नेतान्याहुविरूद्ध टर्कियेद्वारा वारेन्ट जारी
इजरायललाई थप दुई बन्धकको शव हस्तान्तरण
गाजामा इजरायलको पुन: घातक आक्रमण, एकै परिवारका ११ जनाको मृत्यु
इजरायल-हमास सम्झौतापछि गाजामा हर्षोल्लास
इजरायल-हमास सहमति : यी हुन् शान्ति सम्झौताका मुख्य बुँदा