काठमाडौं । इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भएका उम्मेदवारमध्ये एक सय २५ जना इजरायलका लागि प्रस्थान गर्नेछन ।
वैदेशिक रोजगार विभागले इजरायल जानका लागि छनोट भएका मध्ये एक सय ४३ जनाको इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा एक सय २५ जना पहिलो चरणमा इजरायल प्रस्थान गर्ने भएका हुन्।
वैदेशिक रोजगार विभागका अनुुसार भिसा जारी भएकाहरू आउँदो माघ ५ गते इजरायल प्रस्थान गर्नुपर्ने भएकाले मङ्गलबार नै टिकट बुक गर्न आह्वान गरिएको छ। विभागका महानिर्देशक दीपक काफ्लेले इजरायलबाट रोजगार सम्झौता प्राप्त भएका उम्मेदवारको भिसा आउन सुुरु भइसकेको जानकारी दिए ।
उनले इजरायल जानका लागि छनोटमा परेका एक सय २५ जनालाई मङ्गलबार टिकट बुक गरेर अन्य प्रक्रिया सुरु गर्न आग्रह गरे । ‘फस्ट कम फस्ट सर्भिस’ आधारमा टिकट बुक गर्न नसक्नेका हकमा क्रमशः अर्को तीन÷चार दिनपछि अर्को उडानमार्फत जान पाउने पनि उनले जानकारी दिए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २८ पुस २०७८, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
इजरायलले लेबनानमा ‘भीषण आक्रमण’,दक्षिण लेबनानका क्षेत्रहरू खाली गर्न आदेश
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’
इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का