भीआईपीलाई धमाधम कोरोना संक्रमण

पत्रपत्रिकाबाट

बुधबार, २८ पुस २०७८, ०७ : ४०
भीआईपीलाई धमाधम कोरोना संक्रमण

काठमाडौं ।  विभिन्न राजनीतिक दलका शीर्ष नेता, सरकारका मन्त्री तथा सचिवसहितका उच्च तहका भीआईपीहरूलाई कोरोना संक्रमण पुष्टि हुनेक्रम बढ्दै गएको छ ।

पार्टीको महाधिवेशन सकाएर उच्चस्तरीय राजनीतिक समन्वय समिति र सत्तारूढ गठबन्धनको बैठकमा सहभागी भएपछि गत शनिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कोरोना संक्रमण पुष्टि भएको थियो ।दाहालमा संक्रमण पुष्टि भएपछि सोही बैठकमा सँगै रहेका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पनि आइसोलेसन बसे । प्रधानमन्त्रीको भने कोरोना रिपोर्ट नेगेटिभ आइसकेको छ ।

देउवा र दाहालसँगै एउटै बैठकमा बसेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि मंगलबार मात्रै कोरोना संक्रमण पुष्टि भएको छ ।माओवादी केन्द्रकै नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण पुष्टि भइसकेको छ । यसैगरी, शिक्षामन्त्रीसमेत रहेका माओवादी नेता देवेन्द्र पौडेललाई पनि संक्रमण पुष्टि भएको छ ।

प्रधानमन्त्री कार्यालयका सचिव शिशिर ढुंगाना र रामप्रसाद थपलियादेखि काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई पनि संक्रमण पुष्टि भइसकेको छ । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस