कोरोना संक्रमण एक सातामै तेब्बर

पत्रपत्रिकाबाट

मंगलबार, २७ पुस २०७८, ०७ : ५५
कोरोना संक्रमण एक सातामै तेब्बर

काठमाडौं । पछिल्लो एक सातामा कोरोना संक्रमण फैलने दर तेब्बर बढेको छ । एक सातामा १ हजार ९ सय ८७ जना संक्रमित थपिएका छन् । २३ पुसदेखि हालसम्मको आँकडा हेर्दा संक्रमित दर तेब्बरले बढेको छ । २३ पुसमा १४ हजार ९ सय ७१ जनाको नमुना परीक्षण गर्दा एकै दिन ९ सय ३८ जना संक्रमित थपिएका थिए । २४ पुसमा ९ सय ४४ जना संक्रमित थपिए ।

साथै २५ पुसमा १२ हजार ६ सय ३२ जनाको नमुना परीक्षण गर्दा १ हजार १ सय ६७ जनामा कोरोना संक्रमण हुँदा ९।५ प्रतिशतले बढेको देखिएको थियो । जुन संक्रमण दर सोमबार ११ हजार ४ सय २९ जनाको परीक्षण गर्दा १ हजार ४ सय ४६ जना संक्रमित थपिए । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन आएसँगै संक्रमण हुने दर उच्च बिन्दुमा बढिरहेको छ ।

छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि पछिल्लो एक सातादेखि संक्रमित हुने दर बढेको पाइएको छ । कोरोना भाइरसको औसत ‘आर–भ्यालु’ १।०४ को दरमा बढिरहेको छ । आर–भ्यालु एकभन्दा बढी भए संक्रमण उकालो लागिरहेको बुझिन्छ । आर–भ्यालुले कोभिड संक्रमित एक जनाले कति जनालाई भाइरस सारिरहेको छ भन्ने देखाउँछ । आर–भ्यालुसँगै संक्रमितको संख्या पनि उकालो लाग्नुलाई कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसँग पनि जोडेर हेरिएको छ ।

संक्रमण दरको यो गतिलाई स्वास्थ्य विज्ञले कोरोना महामारीलाई तेस्रो लहर भनेका छन् । यसअघि कोरोनाको दोस्रो लहरमा नेपालमा ठूलो धनजनको क्षति हुन पुगेको थियो । अहिलेकै संक्रमण दर बढिरहे र संक्रमण रोक्ने उपाय’दयगत नसोचे संक्रमण दर झनै बढ्न सक्ने विज्ञको भनाइ छ । संक्रमण दर बढेसँगै ठूला अस्पतालमा कोरोनाका बिरामीको संख्या पनि बढ्न थालेको छ ।

वीर अस्पतालको कोभिड–१९ युनिफाइड सेन्ट्रल हस्पिटलका उपनिर्देशक एवं छातीरोग विशेषज्ञ डा। प्रज्वल श्रेष्ठका अनुसार खोकी, ज्वरो, टाउको दुख्ने समस्या भएका कोरोनाको नयाँ संक्रमित थपिने क्रम बढिरहेको छ । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस