एजेन्सी । अनलाइन वेवसाइटमार्फत् भारतीय मुस्लिम महिलालाई बिक्रीमा राखेको आरोपमा मुम्बई प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीले २१ वर्षीय इन्जिनियरिङका विद्यार्थीलाई बैंगलुरुबाट पक्राउ गरेको हो।
भारतीय मुस्लिम महिलाको फेक अकाउन्ट बनाइ बिक्रीमा राखेको भन्दै ती व्यक्तिविरुद्ध उजुरी परेको थियो। उजुरीको आधारमा प्रहरीले मंगलबार उनलाई पक्राउ गरेको बताइएको छ। यद्यपि, प्रहरीले आरोपित व्यक्तिको अन्य विवरण भने सार्वजनिक गरेको छैन।
यसअघि सयौं मुस्लिम महिलाको फोटोबाट फेक अकाउन्ट बनाइ बुल्ली बाई एपमार्फत् बिक्रीमा राख्ने गरेको भन्दै भारत सरकारले सो एप र वेवसाइट बन्द गराएको थियो। पत्रकार, अधिकारकर्मी, सामाजिक अभियन्ता, कलाकार र अन्य सेलेब्रेटीलगायत एक सयभन्दा बढी मुस्लिम महिलाको तस्बिरबाट फेक अकाउन्ट बनाई बिक्रीमा राखेको पाइएको थियो।
सो वेवसाइटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकार र उनको हिन्दू राष्ट्रवादविरुद्ध आवाज उठाउँदै आएका भारतीय मुस्लिम महिलाको तस्बिर समावेस गरिएको थियो। बुल्ली बाई नामक वेवसाइट सञ्चालनमा आएको २४ घण्टाभित्रै सरकारले बन्द गराएको थियो। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २१ पुस २०७८, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
लागु औषधसहित सासू र बुहारी पक्राउ