काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले समान विचार भएका राजनीतिक दल, मोर्चा, समूहलाई एकीकरणका लागि आग्रह गरेको छ ।
पार्टीले सच्चा कम्युनिष्टको एकताबाट मुलुकमा बलियो वैकल्पिक शक्ति निर्माण गर्न एकताका लागि प्रस्ताव गरेको हो । पार्टीले हालै नेकपा (जनवादी) र राष्ट्रिय जागरण परिषद्लाई एकताबद्ध गरेको छ । देवसिंह महताको नेतृत्वमा रहेको जनवादीका ४५ जिल्ला कमिटी र सोही सङ्ख्यामा जनसङ्गठनका ११ हजारभन्दा बढी नेता तथा कार्यकर्ता छन् । त्यस्तै साध्यबहादुर भण्डारीको नेतृत्वमा रहेको परिषद्का सबै सदस्य नेकपा (एस)मा समाहित भएका हुन् ।
पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले नेकपा (एस) ले अवलम्बन गरेका आदर्श तथा कार्ययोजनाका आधारमा गठन भएको छोटो अवधिमै विभिन्न पार्टी परित्याग गरी आफ्नो पार्टीमा सङ्गठित हुने लहर चलेको जानकारी दिए ।
नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्य तथा सुनसरीका नेता धर्मराज निरौलाको नेतृत्वमा ३०० र पाल्पाका नेता यादवबहादुर रायमाझीको नेतृत्वमा ६७ नेता तथा कार्यकर्ता उक्त पार्टीमा प्रवेश गरेका छन् । उनी दुवै जना पूर्वसांसद हुन् ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १९ पुस २०७८, १५ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा एसले बोलायो सचिवालय बैठक
चुनावको तयारी गर्न घनश्याम भुसालको नेतृत्वमा नेकपा एसले बनायो कार्यदल
‘जेन जेड पुस्ताको आन्दोलनमा सरकारले हिंसात्मक दमन गर्यो’: नेकपा एस
रुपन्देही-३ उपनिर्वाचनका लागि नेकपा एसबाट सात जना सिफारिस
नेकपा एसको कार्यालयमा शिक्षक महासंघको धर्ना, ध्यानाकर्षण पत्र बुझाउने
पार्टीको आधिकारिक धारणाविरुद्ध कसैले बोले कारवाही गर्ने नेकपा एसको चेतावनी