‘ए’ डिभिजन लिग : हिमालयन शेर्पाको तेस्रो जित

सफल खबर संवाददाता

सोमबार, १९ पुस २०७८, १५ : ०८
‘ए’ डिभिजन लिग :  हिमालयन शेर्पाको तेस्रो जित

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पाले सातदोबाटो युथ क्लबलाई १–० गोलअन्तरमा पराजित गरेको छ । सोमबार सातौ चरणको अन्तिम खेलमा निकालेको जित शेर्पाको लगातार तेस्रो जित हो ।

शेर्पाका लागि ४४औं मिनेटमा कप्तान विश्वास श्रेष्ठले निर्णायक गोल गरे ।सातदोबाटोका डिफेन्डर पिटर सेगुनले शेर्पाका त्रिदेव गुरुङलाई बक्स भित्र फाउल गरेपछि पाएको पेनाल्टीलाई विश्वासले सदुपयोग गरे ।

दोस्रो हाफको इन्जुरी समयमा सातदोबाटोले गोल गर्ने उत्कृष्ट मौका खेल फालेको थियो ।शेर्पाका डिफेन्डर अम्रित श्रेष्ठले सातदोबाटोका मार्टिन नाङ्गालाई बक्सभित्र फाउल गरेपछि सातदोबाटोले पेनाल्टी पाएको थियो ।

पेनाल्टीमा मार्टिनले गरेको प्रहार शेर्पाका गोल किपर दिप कार्कीले बचाउ गरे ।जितसँगै शेर्पा सात खेलबाट ११ अंकसहित तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । पराजित सातदोबाटो समान खेलबाट ८ अंकसहित आठौं स्थानमा झरेको छ ।योसहित सातौं चरणका खेलहरु सकिएका छन् साविक विजेता मछिन्द्र सात खेलबाट १७ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस