गायक राजेशपायल राईमाथि दुर्व्यवहार गर्ने दावाले मागे माफी

सफल खबर संवाददाता

सोमबार, १९ पुस २०७८, १२ : ४०
गायक राजेशपायल राईमाथि दुर्व्यवहार गर्ने दावाले मागे माफी

काठमाडौं । गायक राजेशपायल राईमाथी स्जेटमा दुर्व्यवहार गर्ने पासाङ दावा शेर्पाले माफी मागेका छन् । शेर्पाले समाजिक सञलमा भिडियो राखेर माफी मागेको बताएका छन् । गायक राईले पनि माफी दिएका छन् ।

शुक्रबार भएको सांगीतीक कायक्रममा शेर्पाले स्टेजमा नै चढेर हातपात गर्दै घाटी निमोठेका थिए । शेर्पामाथी चर्को आलोचना भएपछि शेर्पाले सो कार्यक्रममा आफुले गल्ती गरेको स्वीकार गर्दै राईलाई खादा ओडाएर माफी मागेका छन् । शेर्पाले ‘म उहाँको ठुलो प्रशसक हुँ मैले यहाँ माथी दुर्व्यवहार गर्न पुगे भन्दै माफी मागेका छन् । त्यस्तै यता गायक राईले मानिसबाट नै गल्ती हुने हो भन्दै शेर्पालाई माफी दिएको बताएका छन्।

गत शुक्रबार अमेरीकामा भएको एक कार्यक्रम दावाले स्टेजमा गित गाइरहेकाबेला दुर्व्यवहार गरेको थिए । यो खबर सामाजिक सञ्जालमा चौतर्फी फैलिएको थियो । यस बिषयमा कलाकर्मीहरुले सामाजिक सञ्जालमार्फत दुख व्यक्त गरेका थिए भने शेर्पाको चौतफी आलोचना समेत भएको थियो । कलाकारहरुले यस बिषयमा त्यहाँको कार्यक्रम व्यवस्थापनको कमजोरी र राईमाथी भएको दुर्व्यवहार आपत्तिजनक भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस