प्रशिक्षक दसानायकेले भने- क्यानले नियुक्त गरेको कप्तान परिवर्तन हुँदैन

सफल खबर संवाददाता

विहीबार, १५ पुस २०७८, १५ : ४६
प्रशिक्षक दसानायकेले भने- क्यानले नियुक्त गरेको कप्तान परिवर्तन हुँदैन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक पुबुदु दसानायके ग्लोबल छनोटका लागि प्रारम्भिक छनोटका ३० खेलाडी बोलाउने बताएका छन् । 

बिहीबार क्रिकेट संघ (क्यान)ले आयाेजना गरेको पत्रकार सम्मेलनमा पुबुदुले ३० खेलाडी बोलाउने र नाम आजै बेलुकी वा भोलि बिहान सार्बजनिक गर्ने बताएका हुन् । उनले आफ्नो ध्यान अभ्यास खेलमा केन्द्रित हुने पनि बताएका छन् । क्यानले नियुक्त गरेको कप्तान परिवर्तन नहुने पनि उनले साे क्रममा जानकारी दिए ।

यसअघि क्यानले  कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई पदमुक्तसहित कारबाही गरेको थियो । त्यसपछि सन्दीप लामिछानेलाई क्यानले कप्तानकाे जिम्मेवारी दिएकाे छ । 'कप्तान परिवर्तन हुने छैन । किन कि याे सबै क्यानकाे अधिकार क्षेत्र हाे,' पुबुदुले भने ।  

तत्कालिन मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले भदौमा राजीनामा गरेपछि रिक्त पदमा नियुक्त भएका दसानायके प्रशिक्षण सम्हाल्न नेपाल आइपुगेका हुन् । क्यानको २५ मंसिरकाे बोर्ड बैठकले मुख्य प्रशिक्षकको रुपमा पुबुदुलाई अनुमोदन गरेको हाे। 

यसअघि नेपालले सन् २०११ देखि २०१५ सम्म पुबुदुको प्रशिक्षणमा खेलेको थियो । नेपालले डिभिजन चार र तीनको उपाधि जित्दा पुबुदुले नेपाली टोलीको प्रशिक्षण सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस