काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको सरुवामा असहमति जनाउँदै एक उपसचिवसहित चार अधिकृतले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका छन् ।
श्रम मन्त्रालयका उपसचिव भोलानाथ गुरागाईं र शाखा अधिकृतत्रय ताम्रराज काफ्ले, मातृका सापकोटा र हरिकृष्ण बुढाथोकीले अदालतमा मुद्दा दायर गरेका हुन् । मन्त्रालयले आफूहरूलाई गरेको सरुवा बदर गर्न उनीहरूले अदालतसमक्ष माग गरेका छन् ।
श्रम सहचारीमा पठाउने सूचना प्रकाशित हुनै लाग्दा सरुवा भएकाले त्यसमा चित्त नबुझेर आफूहरू अदालत गएको एक अधिकृतले बताए । ठूलो संख्यामा नेपालीहरू कार्यरत रहेको खाडी मुलुकमा श्रम सहचारी हुने पर्खाइमा ती अधिकृतहरू रहेका थिए ।
श्रम मन्त्रालयमा लामो समयसम्म काम गरिरहेको स्थितिमा श्रम सहचारीको अवसरबाट वञ्चित नहोऔं भनेर अदालतमा गएको ती अधिकृतको भनाइ रहेको छ । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १४ पुस २०७८, ०८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेको मुद्दामा सुनुवाइ सुरू
रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
रविको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटमा सुनुवाइ हुँदै, आजै फैसला आउन सक्ने
रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध आइतबारदेखि नियमित सुनुवाइ हुने
रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध सर्वोच्चको रिट ‘हेर्न नभ्याइने’ मा
स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको आरोपमा सातजनाविरुद्ध मुद्दा दायर