काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको सरुवामा असहमति जनाउँदै एक उपसचिवसहित चार अधिकृतले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका छन् ।
श्रम मन्त्रालयका उपसचिव भोलानाथ गुरागाईं र शाखा अधिकृतत्रय ताम्रराज काफ्ले, मातृका सापकोटा र हरिकृष्ण बुढाथोकीले अदालतमा मुद्दा दायर गरेका हुन् । मन्त्रालयले आफूहरूलाई गरेको सरुवा बदर गर्न उनीहरूले अदालतसमक्ष माग गरेका छन् ।
श्रम सहचारीमा पठाउने सूचना प्रकाशित हुनै लाग्दा सरुवा भएकाले त्यसमा चित्त नबुझेर आफूहरू अदालत गएको एक अधिकृतले बताए । ठूलो संख्यामा नेपालीहरू कार्यरत रहेको खाडी मुलुकमा श्रम सहचारी हुने पर्खाइमा ती अधिकृतहरू रहेका थिए ।
श्रम मन्त्रालयमा लामो समयसम्म काम गरिरहेको स्थितिमा श्रम सहचारीको अवसरबाट वञ्चित नहोऔं भनेर अदालतमा गएको ती अधिकृतको भनाइ रहेको छ । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १४ पुस २०७८, ०८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको आरोपमा सातजनाविरुद्ध मुद्दा दायर
रवि र छविको मुद्दामा उच्च अदालतले गर्यो जिल्लाको मिसिल झिकाउने आदेश
रवि र छविको मुद्दाको सुनुवाइ स्थगित
गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने व्यापारीविरुद्ध मुद्दा
सर्वोच्चको तीन इजलासमा भ्रष्टाचारसम्बन्धी ९९ थान मुद्दा पेसीमा
सकियो माधव नेपालको मुद्दामा थुनछेक बहस