प्रदेश नं  १ मा २३ सङ्क्रमित थपिए

रासस

आइतबार, ११ पुस २०७८, २१ : ०३
प्रदेश नं  १ मा २३ सङ्क्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन सय ५५ को पीसीआर परीक्षण गर्दा २२ र ४८ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३, सुनसरीमा चार, झापामा तीन, पाँचथर र प्रदेश बाहिरका एक/एकमा सङ्क्रमण पुष्टि भएको हो । प्रदेशमा आजै छ महिलासहित ११ कोरोना सङ्क्रमणमुक्त भएका छन् भने अझै सक्रिय सङ्क्रमितको ११३ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस