नासाले विश्वको सबैभन्दा शक्तिशाली टेलिस्कोप आजै प्रक्षेपण गर्ने

एजेन्सी

शनिबार, १० पुस २०७८, १५ : १३
नासाले विश्वको सबैभन्दा शक्तिशाली टेलिस्कोप आजै प्रक्षेपण गर्ने

जेन्सी । अमेरिकी अन्तरिक्ष नियोग (नासा)ले सबैभन्दा शक्तिशाली टेलिस्कोप प्रक्षेपण गर्ने भएको छ ।

नासा र युरोपेली अन्तरिक्ष नियोग र क्यानडेली स्पेस एजेन्सीले निर्माण गरेको संसारकै शक्तिशाली टेलिस्कोप क्रिसमसको दिन पारेर शनिबार प्रक्षेपण गर्न लागिएको हो ।

९ अर्ब अमेरिकी डलरको लागतमा निर्माण गरिएको टेलिस्कोप फ्रेन्च गुएनास्थित लन्चिङ बेसबाट रकेटको माध्यममार्फत प्रक्षेपण हुने समाचार संस्था रोयटर्सले जनाएको छ ।यो टेलिस्कोप सन् १९९० मा प्रक्षेपण गरिएको हब्बल टेलिस्कोपभन्दा सय गुणा शक्तिशाली पनि समाचारमा जनाइएको छ ।

यो टेलिस्कोपमार्फत ब्रम्हाण्डको सुरुआतमा निर्माण भएका अन्तरिक्ष, उल्कापिण्ड र ग्रहका बारेमा पत्ता लगाउनुका साथै एलियनको उपस्थिति र ब्रम्हाण्डको रहस्य पनि पत्ता लगाउने बताइएको छ ।

यसले अन्तरीक्षबाट पृथ्वीमा उडेको चराको तस्बिर पनि निकै स्पष्ट रुपमा खिच्न सक्ने बताइएको छ । यो टेलिस्कोपको अप्टिक्समा सुन धातु प्रयोग गरिएको छ जसले इन्फ्रारेड प्रकाशलाई पनि परावर्तन गर्नसक्छ ।

२१ मिटर व्यास रहेको यो टेलिस्कोपलाई सूर्यको किरणबाट जोगाउन टेनिस कोर्टको आकारका ५ वटा तहका सनसिल्ड लगाइएको छ, जसलाई अमेरिकी इतिहासमा सबैभन्दा ठूलो विज्ञान परियोजनाको रुपमा मानिएको छ ।

 

प्रतिक्रिया दिनुहोस